काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कुल २३ हजार ९ सय ४ जनामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।
त्यसमध्ये १८ हजार ७८ वटा पीसीआर परीक्षण्मा ९ हजार ५ सय २ वजा र ५ हजार ३ सय ३१ वटा एन्टिजेन परीक्षणमा १ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्ने आधा भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।