काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने तयारी भएको छ । बिहीबार बसेको आयोगको नियमित बैठकले परीक्षा स्थगितको निर्णय गर्ने निर्णय गरेको हो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा परीक्षा के गर्ने भन्ने विषयबारे आन्तरिक छलफल भइरहेको बताए ।
लोक सेवा आयोगका कर्मचारीहरुमा पनि दिनहुँजसो कोरोना संक्रमण पुष्टि हुन थालेपछि आयोग दबाबमा छ । त्यसैले बिहीबारको आयोगको बैठकको एजेण्डामा परीक्षा स्थगितको विषय पनि समावेश गरिएको आयोगका एक सदस्यले बताए ।
आयोगले हाल संगठित संस्थाहरुको परीक्षा सञ्चालन गरिरहेको छ । अब उपसचिवको परीक्षाको पनि तयारी भइरहेको छ । यही माघ ११ गतेदेखि तय गरिएको उपसचिवको परीक्षा स्थगित गर्ने विषयमा आयोगमा छलफल भइरहेको छ ।



