images
images

डेरावालसँग बिजुलीको बढी महसुल लिए घरधनीको लाइन काटिने, भाडामा बस्नेले पनि छुट्टै मिटर राख्न सक्ने


  • 512
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    डेरावालसँग बिजुलीको बढी महसुल लिए घरधनीको लाइन काटिने, भाडामा बस्नेले पनि छुट्टै मिटर राख्न सक्ने

    काठमाडौं । भाडामा बसेका व्यत्तिहरुसँग घरधनीले बढी महसुल लिएको पाइएमा घरधनीको लाइन काटिने व्यवस्था भएको छ । नेपाल विद्युत प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा घरधनीहरुलाई कारबाही गरिने व्यवस्था गरेको हो । 

    प्राधिकरण सञ्चालक समितिको पुष २० गते बसेको बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ ।

    घरधनीले डेरावालसँग महंगो विद्युतको महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो । यसबाट घरभाडामा बस्ने उपभोक्ताहरुलाई सर्वसुलभ विद्युत सेवाको प्रत्याभूति हुने छ ।


    घरभाडामा बस्ने व्यक्तिहरुले तोकिएका निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत सेवा लिन सकिने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाबाट घरभाडामा बस्ने उपभोक्तालेसमेत अन्य ग्राहक सरह सर्वसुलभ विद्युत सेवा उपभोग गर्न पाउने छन् ।

    बक्यौता भुक्तानी गर्ने प्रतिवद्धतासहित छुट्टै मिटर राख्नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा वस्ने बीच कम्तिमा एक  वर्षका लागि गरिएको घरबहाल सम्झौता हुनुपर्ने छ । 

    घरवहालमा वस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र वहालमा वस्नेको मिटर समेत एउटै स्थानमा राख्न सकिने गरी वायरिङको व्यवस्था गरिएका शर्त पूरा गर्नु पर्ने छ ।


    images
    images

    Logo