images
images

विजुलीको बक्यौता नतिरेर कालोसूचीमा परेकालाई मौका


  • 267
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    विजुलीको बक्यौता नतिरेर कालोसूचीमा परेकालाई मौका

    काठमाडौं। विद्युत महसुलको वक्यौता रहेका ग्राहकले किस्ताबन्दीमा तिर्न पाउने भएका छन्। विद्युत महसुल नतिरेर कालोसूचीमा परेका ग्राहकले पुनः विद्युत लाइन जोड्न किस्ताबन्दीमा रकम तिर्न सकिने व्यवस्था विद्युत प्राधिकरणले गरेको छ।

    प्राधिकरणका अनुसार थप दस्तुर लिई बढीमा १२ किस्तासम्म रकम तिर्न सक्ने व्यवस्था गरिएको छ।उनीहरुलाई प्राधिकरणले महशुल तिर्न मौका दिएको हो।

    ग्राहकले साबिकको वितरण केन्द्रबाट लगत खारेज गराई अर्को केन्द्रमा ठाउँसारी गर्न चाहेमा साबिकको केन्द्रमा तत्कालीन सयममा प्रयोग भएका विद्युतीय सामग्रीहरु उल्लेख भई आएमा त्यसको पुनः प्रयोगशाला परीक्षण गर्नु नपर्ने व्यवस्था पनि गरेको छ।


    images
    images

    Logo