images
images

बिहीबारदेखि वर्षाको सम्भावना, हिमपात पनि हुने


  • 307
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    बिहीबारदेखि वर्षाको सम्भावना, हिमपात पनि हुने

    काठमाडौं ।  पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।

    अहिले प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरुमा आंशिक बदली र तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ । आज राति र भोलि (बिहीबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने मौसमविद बताएका छन्

    शुक्रबार पश्चिमी भूभागका साथै गण्डकी, लुम्बिनी, बागमती, प्रदेश १ का पहाडी भूभाग र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनसक्ने अनुमान छ ।


    images
    images

    Logo