images
images

कसले पाउँछ छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन ? 


  • 295
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    कसले पाउँछ छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन ? 

    काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

    कम्पनीले ८ करोड ९३ लाख रुपैयाँको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । माघ ११ देखि निष्काशन हुने सेयरमा फागुन २ गतेसम्म आवेदन दिन सकिने छ । जसको लागि पुस २१ गतेबाट कम्पनीले बुक क्लोज गरेको थियो । 

    उक्त हकप्रद सेयरमा आवेदन दिन पुस २० गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै पाउनेछन् । 

    हकप्रद सेयरमा आवेदन बिक्री प्रबन्धकका साथै  बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

    यस्तै ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा बेंसीशहर, सुन्दर बजार, भोर्लेटार, सिउँडीबार, उदिपूर र दोर्दी शाखबाट पनि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।


    images
    images

    Logo