काठमाडौं । उदयपुर सिमेन्टमा गोपिकृष्ण न्यौपानेले महाप्रबन्धकको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । २०७७ माघ १ गतेदेखि औपचारिक रुपमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेका न्यौपानेले याे अवधिमा सिमेन्टको उत्पादन बिक्रीको क्षेत्रमा ठूलो उपलब्धि भएको विवरण सार्वजनिक गरेका छन् । यो अवधिमा सिमेन्ट उत्पादन दोब्बर भएको प्रगति विवरणमा उल्लेख छ ।
अहिले मिलको उत्पादन क्षमता बढेको छ । अघिल्लो वर्ष २० मेट्रिक टन प्रतिघण्टा उत्पादन भइरहेको सिमेन्ट अहिले ४३ मेट्रिक टन प्रतिघण्टा पुगेको छ । यसले उत्पादन बढ्ने मात्रै नभइ विद्युत् लगायत अन्य लागतमा समेत मितव्ययिता आएको महाप्रबन्धक न्यौपानेको भनाइ छ ।
सो कम्पनीले एक वर्षमा १ लाख ४ हजार १ सय ८५ मेट्रिक टन क्लिंकर उत्पादन गरेको छ । षृ अवधिमा १९ लाख ६९ हजार ३ सय ८३ बोरा सिमेन्ट बिक्री हुँदा १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयाँ आम्दानी भएको छ ।
सो सिमेन्टको राजश्व योगदान समेत वृद्धि गरेको छ । चालु आर्थिक वर्षमा मात्रै कम्पननीले भ्याट वापत ७ करोड ९१ लाख २ हजार २ सय ९३ रुपैयाँ, अन्तशुल्क वापत ९९ लाख ३८ हजार ८ सय ९६ रुपैयाँ, बिmत्रीको स्रोतमा कट्टि गर्ने रकम र अन्य कर वापत ८२ लाख ६९ हजार ३ सय २८ रुपैयाँ याृगदान गरेको छ । याृ अवधिमा विद्युत महशुल वापत १३ करोड २४ लाख ६ हजार ५४ रुपैयाँ गरी राजश्व तथा महशुल वापत २२ करोड ९७ लाख १६ हजार ५ सय ६१ रुपैयाँ भुक्तानी भइसकेको छ ।
उनको कार्यकालमा मेसिन बिग्रिएर उत्पादन बन्द हुने अवस्था अन्त्य भएको छ । साथै, लामो समयदेखि वक्यौता रहेको विद्युत महसुल डेडिकेटेड फिडर बापत बढी तिरेको महसुलसँग मिलान गरिदिन पहल गरी पत्राचार भएको र २०७७ साल चैत महिनादेखि नियमित भुक्तानी गरिएको न्यौपानेको भनाइ छ ।
गत वर्षको पुस मसान्तसम्म ६५ करोड ८२ लाख दायित्त्वमध्ये विद्युत् महशुल १८ करोड ५२ लाख रुपैयाँ बाहेक अन्य भुक्तानी नियमित गर्दै ३१ करोड ११ लाख भुक्तानी भइसकेको उनको भनाइ छ । यसमा लगभग १३ करोड राजस्व बक्यौता रहेकोमा ४ करोड समेत भुक्तानी भइसकेको उनले बताए ।
कोइला खरिदमा बोलपत्रको माध्यमबाट प्रतिष्पर्धा गराइनुको साथै गुणस्तरमा समेत ध्यान दिएको परिणामस्वरूप पहिले १ टन कोइलाबाट ३.५ मे. टन क्लिंकर पाक्ने गरेकोमा अहिले १ टन कोइलाबाट ५ टन पाक्न थालेको छ । यसबाट खर्च मितव्ययिता भएको उनको भनाइ छ ।
उद्योगको आर्थिक वर्ष २०६३÷६४ देखि २०७६÷७७ सम्म १४ वर्षको वार्षिक साधारणसभा सम्पन्न गरि २०४४र४५ देखिको सम्पूर्ण विवरण कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गराइ सेयरधनी लगत, प्रबन्ध पत्र नियमावलीमा संशोधन, पुंजी वृद्धी गरी अधिकृत पूँजी १० अर्ब कायम गर्ने कार्यहरु सम्पन्न भएको उनको भनाइ छ।



