images
images

काठमाडौं प्रशासनकाे सेवामा आजदेखि भारी कटाैती


  • 348
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    काठमाडौं प्रशासनकाे सेवामा आजदेखि भारी कटाैती

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सेवामा आजदेखि भारी कटाैती भएकाे छ । प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुने गरी सेवा सङ्कुचन गरेको हो । 

    कार्यलयले नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । 

    त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।

    विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिकाबाहेक अत्यावश्यक सेवा हाललाई स्थगित गरिएको छ,’ विभागले सूचना जारी गर्दै भनेको छ । विभागका प्रवक्ता सरदराज आरनका अनुसार १५ जना कर्मचारीलाई कोभिड भएपछि सेवा कटौती गर्नुपरेको हो । 

    यसअघि बुकिङ भएका तथा टोकन लिएकाको हकमा पनि राहदानी वितरण कटौती गरिएको छ । आरनका अनुसार यसअघि दैनिक १ हजार २ सयसम्म राहदानी जारी हुन्थे तर हाल ६ सयमा झारिएको छ ।

     


    images
    images

    Logo