images
images

ओमिक्रोनले आक्रान्त विराटनगर : नयाँ हटस्पट बन्दै


  • 353
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    ओमिक्रोनले आक्रान्त विराटनगर : नयाँ हटस्पट बन्दै

    काठमाडाैं । विराटनगर । पछिल्लो समय कोरोना संक्रमणको नयाँ हटस्पटको रुपमा विराटनगर देखिएको छ । विराटनगरमा मंगलबारको कुल परीक्षणमध्ये ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।
     
    प्रदेश १ मा दैनिक थपिने कुल सङ्क्रमित मध्ये करिब आधाको सङ्ख्यामा विराटनगरकै नागरिक सङ्क्रमित हुन थालेको छन् । 

    यो सँगै विराटनगर कोरोनाको नयाँ हटस्पट बन्ने खतरा देखिएको छ। 

    एक हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना सङ्क्रमण भएकोमा मोरङ जिल्लाका ४४८ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    परीक्षण गरिएका मध्ये प्रदेशको राजधानी रहेको विराटनगरका मात्र ३८६ जना रहेका छन् । यो तथ्याङ्कले मोरङ त्यसमा पनि विराटनगरमा कोरोनाको भयावह अवस्थाको सङ्केत गरेको छ । 


    images
    images

    Logo