images
images

सुदूरपश्चिम प्रदेशमा खोपको अभाब, फ्रन्ट लाइनरले पाएनन्  बुस्टर डोज 


  • 343
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    सुदूरपश्चिम प्रदेशमा खोपको अभाब, फ्रन्ट लाइनरले पाएनन्  बुस्टर डोज 

    सुदूरपश्चिम । समयमै खोपको व्यवस्थापन गर्न ढिलाइले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्ध दिइने तेस्रो मात्राको खोप (बुस्टर डोज) कार्यक्रम अझैँ सञ्चालन हुन सकेको छैन । 

    सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले केन्द्रबाट खोपको मात्रा पुग्न ढिलाइ हुँदा तोकिएको समयभित्र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । ‘‘बुस्टर डोज लगाउन खोपको मात्रा आज मात्रै पुगेको हो ।’ 
      
    बुस्टर डोजको रुपमा खोपको मात्रा लगाउन केन्द्रबाट कोभिशिल्ड एक लाख पाँच हजार मात्रा र भेरोसेल ५१ हजार मात्रा प्राप्त भइसकेको प्रवक्ता कार्कीले जानकारी दिए । 

    पहिलो र दोस्रो मात्रा (पूर्ण खोप) पाइसकेकामा रोग प्रतिरोधीको थप क्षमता बढाउन तेस्रो मात्राको रुपमा (बुस्टर डोज) खोप सञ्चालन गर्ने कार्यक्रम छ । 


    images
    images

    Logo