काठमाडाैं । भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइक बोल्सोभरले १३ करोड रुपैयाँ राजश्व बुझाएका छन् । स्रोतका अनुसार उनले रोयल्टी वापतको १३ करोड रुपैयाँभन्दा बढी रकम बुझाएपछि आफ्नो देश फिर्ता भएका हुन् ।
केहीदिन अघि रोयल्टी नतिरी अमेरिका जान लागेको अवस्थामा पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
पर्यटन विभागले क्यासिनो सञ्चालन गरेवापतको रोयल्टी नबुझाएसम्म नेपाल नछाड्न समेत भनेको थियो । माइकले काठमाडौंको सांग्रिला होटल र भैरहवाको टाइगर टप्समा क्यासिना सञ्चालन गर्दै आएका छन् ।