काठमाडौं। कोरोना संक्रमण सुरू भएयता नेपालमा हालसम्मकै सर्वाधिक संक्रमित आज पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) बाट थप १० हजार २ सय ५८ जना संक्रमित देखिएको छ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका २२ हजार ८ सय २८ नमूनामध्ये सो संख्यामा संक्रमण देखिएको हो।
यस्तै कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। यो संख्या नेपालमा कोरोना संक्रमित फेला परेदेखि एकै दिनमा देखा परेको सर्वाधिक संख्या हो।
मन्त्रालयका अनुसार मंगलबार २२ हजार ८ सय२८ वटा नमूना परीक्षण गरिएको थियो । जसमा १७ हजार ८ सय ७२ पीसीआर र ४ हजार ९ सय ५६ वटा एन्टिजेन परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको सख्या ३० हजार ४४ पुगेको छ ।