काठमाडौं । आज एकैदिन काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८ सय २८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ। आजको देशभरको तथ्यांक हेर्दा कोरोना संक्रमणदर ह्वात्तै बढेको देखिएको छ । परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५ सय ६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यसैगरि देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।