images
images

काठमाडौं महानगरपालिकाको बजेट संशोधन


  • 390
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    काठमाडौं महानगरपालिकाको बजेट संशोधन

    काठमाडौं । काठमाडौ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट  ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेटको कार्यक्रम संशोधन गरेको छ ।

    काठमाडौं महानगरपालिकाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । काठमाडौं महानगरपालिकाको सञ्चित कोषबाट कार्यान्वयन हुने  १६ अर्ब ८ करोड ७० लाख १२ हजार रुपैयाँ र बाह्य कोषबाट कार्यान्वयन हुने २ अर्ब ८७ करोड ७ लाख रुपैयाँ गरी काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा कूल बजेट  १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ  विनियोजन गरिएको थियो ।  

    संशोधनबाट ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ  थप गरिएको छ । 

    यसैगरी, फोहोरमैला प्रभावित क्षेत्रका स्थानीयवासीसँग समय समयमा भएका सहमति कार्यान्वयन गर्ने क्रममा यसअघि छुट भएको शिक्षक दरबन्दी अनुदानसहित प्रभावित क्षेत्रबाट माग भएर आएका योजनालाई संशोधनमा समेटिएको छ । 

    “जुन शीर्षकमा काम गर्ने लक्ष्य राखिएको थियो, विभिन्न कारणले त्यो कार्यक्रम कार्यान्वयनमा आउन नसक्ने भएपछि सम्बन्धित विभाग र वडाको मागबमोजिम शीर्षक परिवर्तन गरिएको हो”, काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।  

    अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिइएको १० प्रतिशत छुटको सुविधालाई चैत मसान्तसम्म दिने निर्णय गरेको पनि जनाइएको छ ।  आर्थिक ऐन २०७८ को दफा २ अनुसार लाग्ने करमा दिइएको छुटको अवधि बढाइएको हो । 


    images
    images

    Logo