images
images

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनमा थप कडाई, आज राति १२ बजेबाट लागु हुने (सूचनासहित)


  • 735
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनमा थप कडाई, आज राति १२ बजेबाट लागु हुने (सूचनासहित)

    काठमाडौं ।  काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासनले स्मार्ट लकडाउनमा थप कडाई गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासन कार्यालयले स्मार्ट लकडाउनसहित ​कडाइ गर्ने निर्णय गरेको हो ।

    आज राति १२ बजेबाट लागु हुने गरि काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ । 

    यस्तै कोष्टी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न प्रशासनले भनेको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि  २५ जनासम्म मात्र सहभागी हुन प्रशासनको सूचनामा भनिएको छ । 

    माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायतमा माघ १५ गतेसम्म बन्द गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।

    धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने पनि प्रशासनको आदेशमा भनिएको छ । सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने लगायतका निर्णय पनि प्रशासनले गरेको छ । 

     


    images
    images

    Logo