काठमाडौं । मधेश प्रदेशले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेश तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।
बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिंदै आएको छ । यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।