images
images

गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो, कति छ भाडादर ?


  • 477
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो, कति छ भाडादर ?

    काठमाडौँ । गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रदेशमा संचालन हुने सार्वजनिक सवारीमा भाडा सिफारिस समितिको प्रतिवेदनका आधारमा भाडा समायोजन गरेको हो । 

     प्रदेश सरकारले व्यवसायीको चर्को असन्तुष्टिलाई सम्बोधन गर्दै गण्डकी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक बस, ट्रक, ट्याक्सी लगायतका साधनको भाडादर समायोजन गरिएको हो । 

    सरकारका प्रवक्ता मन्त्री खड्काका अनुसार समायोजन भएको भाडा दर अनुसार प्रदेशभित्र लामो दुरीमा चल्ने यात्रुबाहक बसले यात्रुसँग साविकको भाडामा थप २३.५१ प्रतिशत भाडा थप गरेर लिन पाउने छन् । 

    त्यसैगरी नगर बसमा यात्रा गर्ने यात्रुसँग व्यवसायीले साविकको भाडामा थप २२.५५ प्रतिशत भाडा थप गरेर लिन पाउने छन् । ट्रकको भाडा पनि १४.५७ प्रतिशतले बृद्धि गरिएको छ । भाडामा संचालन हुने ट्याक्सी मिटरमा चलाउनु पर्ने छ । ट्याक्सीले सुरुको १५ किलोमिटरको यात्रासम्म ८० रुपैयाँ भाडा लिन पाउने छन । त्यसपछि थप २ सय मिटरमा १० रुपैयाँका दरले भाडा थप हुँदै जानेछ ।

    प्रदेश सरकारले भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयका सचिवको नेतृत्वमा भाडा सिफारिस समिति गठन गरेको र त्यस समितिको सिफारिस अनुरुप भाडा समायोजन गरेको मन्त्री खड्काले बताए । 

    संघ सरकारले यसअघि नै र २८ प्रतिशत भाडा बृद्धि गरे पनि गण्डकीमा समायोजन हुन सकेको थिएन । यातायात मन्त्री खड्काले भाडा दर बढे पनि यात्रुले विगतमा तिर्दै आएको भन्दा थप भाडा तिर्नु नपर्ने दाबी गरेका छन् ।


    images
    images

    Logo