काठमाडौं । नेपाल बंगलादेश बैंकले डेपुटी सीईओ भुपेन्द्र पाण्डेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको सोमबारको बैठकले उनलाई कायम मुकायमको जिम्मेवारी दिएको हो ।
केही दिन अघि मात्रै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना ४ वर्षे कार्यकाल सकेर अनिवार्य अवकाश पाएका थिए । ढुंगानाको कार्यकाल सकिनुभन्दा केही दिन अघि मात्रै बैंकमा वरिष्ठ डेपुटी सीईओ बनेर आएका उनलाई अहिले कायम मुकायमको जिम्मा दिइएको हो ।
अहिले एनबी बैंकले नबिल बैंकमा गाभिनको लागि प्रारम्भिक समझदारी गरिसकेको छ । यो प्रक्रिया पूरा नभएसम्मका लागि उनी कायम मुकायम सीईओ बन्नेछन् । नबिलसँगको एक्विजिसन प्रक्रिया छिटै टुंगिने सम्भावना भएकोले उनी पूर्णकालीन सीईओ बन्ने सम्भावना भने कम छ ।



