काठमाडौं । प्रदेशको नाम र राजधानी तोकिएको खुसीयालीमा मधेश प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारका व्रवक्ता शैलेशप्रसाद साहले भोलिका लागि बिदा दिने निर्णय गरिएको उल्लेख गरे ।
आज बसेको प्रदेशसभाको बैठकले सो प्रदेशको नाम मधेश र राजधानी जनकुरधाम तोकेको थियो ।