images
images

तीन महासंघको एकैस्वर : संवैधानिक संकट आउन सक्छ, छिटो निर्वाचन गराऊ


  • 454
    SHARES
  • २०७८ माघ ३ गते सोमबार

    तीन महासंघको एकैस्वर : संवैधानिक संकट आउन सक्छ, छिटो निर्वाचन गराऊ

    काठमाडौं । स्थानीय तहसँग सम्बन्धित तीन महासंघले स्थानीय निर्वाचन छिटो गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । स्थानीय तहलाई प्रतिनिधित्व गर्ने तीनवटा संस्था गाउँपालिका महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न दबाब दिएका हुन् । 

    ४ वर्षअघि तीन चरणमा भएको निर्वाचन अनुसार स्थानीय जनप्रतिनिधिको कार्यकाल यही जेठ ७ गते, असार २१ गते र असोज ७ गते सकिने भन्दै संविधानले जनप्रतिनिधिविहिन अवस्थाको परिकल्पना नगरेकोले सोभन्दा अगाडि नै नयाँ जनप्रतिनिधिको निर्वाचन सम्पन्न गरिसक्न उनीहरुले ध्यानाकर्षण गराएका हुन् । 

    उनीहरुले जेठसम्ममा नयाँ जनप्रतिनिधिको निर्वाचन गरिसक्नुपर्ने र निर्वाचन गराउन निर्वाचन आयोगलाई १ सय २० दिनको समय चाहिने भन्दै तत्कालै निर्वाचनको मिति घोषणा गर्न माग समेत गरेका छन् । उनीहरुले समयमा निर्वाचन नभए संवैधानिक संकट आउनेतर्फ समेत सरकारको ध्यानाकर्षण गराएका छन् । 

    उक्त ध्यानाकर्षण पत्रमा गाउँपालिका महासंघका तर्फबाट अध्यक्ष होमारायण श्रेष्ठ, नगरपालिका संघका तर्फबाट अशोक व्याञ्जु श्रेष्ठ र जिल्ला समव्नय समिति महासंघका तर्फबाट अध्यक्ष नवराज गेलालले हस्ताक्षर गरेका छन् । 

    bigyapti.jpg


    images
    images

    Logo