images
images

४ वर्षपछि भयो प्रदेश २ को न्वारान : नाम 'मधेश' राजधानी 'जनकपुर'


  • 452
    SHARES
  • २०७८ माघ ३ गते सोमबार

    ४ वर्षपछि भयो प्रदेश २ को न्वारान : नाम 'मधेश' राजधानी 'जनकपुर'

    जनकपुरधाम । प्रदेशसभा गठन भएको ४ वर्षपछि प्रदेश नं २ को नाम र स्थायी राजधानीको टुंगो लोको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले प्रदेश नं २ को नाम र राजधानीको टुंगो लगाएको हो । 

    आजको बैठकको २ तिहाई बहुमतबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुर’ रहने प्रस्ताव पारित गरिएको छ । 

    सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिएका थिए । 

    सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । 

    जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

     


    images
    images

    Logo