images
images

रामकुमारी झाँक्रीलाई प्रश्न : पिर्के सलामी खाँदा कस्तो अनुभव गर्नुभयो ?


  • 464
    SHARES
  • २०७८ माघ ३ गते सोमबार

    रामकुमारी झाँक्रीलाई प्रश्न : पिर्के सलामी खाँदा कस्तो अनुभव गर्नुभयो ?

    काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले १०० दिनको कार्यकाल पूरा गरेकी छिन् । असोज २२ गते मन्त्री बनेकी झाँक्री कार्यकालको एक सय दिन पूरा भएको हो । 

    सय दिन पूरा भएको उपलक्ष्यमा उनले आज पत्रकार सम्मेलन गर्दै यो अवधिमा गरेका कामहरुको बारेमा सार्वजनिक गरिन् । उनले यो अवधिमा केही कानूनी सुधारका कामहरु गरेको तथा अन्तर निकाय समन्वयमा जोड दिएको उल्लेख गरिन् । 

    मन्त्री झाँक्रीले साना साना आयोजना पनि संघीय सरकार मातहत राख्ने प्रद्दतीलाई आफूले अन्त्य गर्दै त्यस्ता योजनालाई प्रदेश र स्थानीय तहमा पठाउनेगरी काम गर्न थालेको बताएकी थिइन् । 

    पत्रकार सम्मेलनमा सहभागीहरुले स्मार्ट सिटी, बाहिरी चक्रपथ तथा नयाँ शहरहरुको निर्माण, बाग्मतीको सौदर्यीकरण, ल्यान्ड फिल्ड साइट लगायत आयोजनाको प्रगतिबारे प्रश्न सोधिएको थियो । 

    एकजना पत्रकारले भने मन्त्री झाँक्रीलाई पिर्के सलामी खाँदा कस्तो अनुभव हुँदो रहेछ भन्ने प्रश्न सोधे । ‘तपाइँ मन्त्री हुनुभन्दा अघि सलामीको खुबै विरोध गर्नुहुन्थ्यो । अहिले आफैंले सलामी खानुभयो,’ उनले भने, ‘म तपाइँलाई सलामी किन खानुभयो भनेर सोध्दिँन, तर सलामी खाँदा कस्तो अनुभव हुने रहेछ रु’

    कार्यक्रममा उठेका प्रश्नमा मन्त्रालयका तर्फबाट सम्बन्धित निकायका पदाधिकारीले उत्तर दिएका थिए । ती पत्रकारले गरेको प्रश्नमा भने कसैले केही उत्तर दिएनन् न त मन्त्री झाँक्रीले। 


    images
    images

    Logo