भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका २ बालकोट चोकमा शुभबिहानी पोलिक्लिनिक एण्ड फार्मेसी संचालनमा आएको छ । बिहानी बचत तथा ऋण सहकारीले संचालनमा ल्याएको पोलिक्लिनिकको सुर्यबिनायक नगरपािलका प्रमुख बासुदेब थापाले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख बासुदेब थापाले निर्वाचित भए यताको साँढे चार बर्ष पत्रकार,जनसमुदाय, राजनीतिक दल लगायत सरोकारवाला सबैको सहयोगले नगरपालिकाको बिकासमा उल्लेखनीय कार्य गर्न सकेको बताए । नगरभित्र आफ्नो कार्यकालमा १ सय १ किलोमिटर सडक पिच गरिएको भए पनि अझै धेरै सडक पिच गर्न बाँकी रहेको बताए । यसका साथै कार्यकालको अन्तिम चरणमा पुगेर फर्कर हेर्दा आफुले नियतबस कुनै कमजोरी नगरेको र भुलबस कमजोरी भएको भए क्षमयाचना गर्न पछि नपर्ने बताए ।
पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्ण रूपमा संस्थागत अस्पतालमा परिणत होस् भन्ने कामना साथ उद्घाटन भएसंगै पोलिक्लिनिक सोमबारवारदेखि सञ्चालनमा आएको छ ।
पोलिक्लिनिकका ब्यबस्थापक सन्तोष बोगटीले यहाँ जो कसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न र केही समयभित्रै पूर्ण रूपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको ब्यबस्थापक बोगटीले बताए ।
१ करोड रुपैयाँको लगानीमा सुरु भएको पोलिक्लिनिकले सुलभ र सहुलियत रुपमा गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकता राखेर सेवा दिने जनाएको छ ।
हप्ताको सातै दिन खुल्ला रहने यस पोलिक्लिनकले संचालनमा आएको अवसरमा आफ्ना हरेक ग्राहक तथा बिरामीहरुलाई एक महिनासम्म सबै खाले उपचारमा बिशेष छुट दिने घोषणा समेत गरेको छ ।
बिशेषत होलबडी चेक अपमा ७ हजार ५ सय रुपैयाँ लाग्ने शुल्कमा छुट गरी ३ हजार ५ सयमै गरिने भएको छ । बिहानी सहकारीमा आबद्ध सदस्यहरुलाई भने सँधैका लागि छुटैछुटको ब्यबस्था गरिएको छ ।
पोलिक्लिकमा डिजिटल एक्स–रे, मुटुरोगको जाँच गर्ने इसीजी, अल्ट्रा साउण्ड ,ईको ,ईसिजी,सुगर,प्रेसर,थाईराईड ,मुटु ,महिला ,बाल, तथा लगायतका सबै रागको चेक बिज्ञ डाक्टरद्धारा गुणस्तरीय जाँच र परामर्श हुने ब्यबस्था गरेको पोलिक्लिनिकका ब्यबस्थापक सन्तोष बोगटीले बताए ।
कार्यक्रममा सुनपा का २ नं.वडाध्यक्ष कमलनाथ आचार्यले पोलक्लिनिकले कोरो संक्रमणको यो बेला अझै प्रभावकारी सेवा प्रवाह गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति,महासंघका निबर्तमान अध्यक्ष तथा सल्लाहकार पुष्करराज बुढाथोकी,राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्य,रफत संचार क्लबका अध्यक्ष शुशिलबन्धु थापा,कृयाशिल पत्रकार मंचका अध्यक्ष रमेश गिरी,पत्रकार महासंघका सहसचिब हेमराज ढकाल,नमस्ते टिभीका प्रमुख ऋषिकेश श्रेष्ठ,जनसंचार गृहका प्रमुख शुरेश सैंजु ,बालकोट प्रहरी प्रभागका प्रमुख सई भुवन खड्का लगायत भक्तपुरका सकृय पत्रकारहरुको सहभागिता रहेको थियो ।



