काठमाडौं । पुस महिनाका अन्तिम दिन बैंकिङ प्रणालीमा ४९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार बैंक तथा वित्तीय संस्थाको निक्षेप सो परिमाणबा बढ्दा कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो । बिहीबार यस्तो निक्षेप ४८ खर्ब ५४ अर्ब रुपैयाँ मात्रै थियो ।
उक्त निक्षेपमध्ये वाणिज्य बैंकमा ३८ अर्ब आएको छ । विकास बैंक र वित्तीय संस्थामा वित्तीय संस्थामा ११ अर्ब रुपैयाँ थपिएको छ ।
उता बैंकमा निक्षेप थपिएसँगै बैंकहरुले स्वीकृत कर्जाको धमाधम भुक्तानी दिन थालेका छन् । दोस्रो त्रैमासको अन्तिम दिन मात्रै बैंकहरुले २५ अर्ब रुपैयाँ बराबरको थप ऋण प्रवाह गरेका छन् । योमध्ये वाणिज्य बैंकले २२ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाले ३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
कर्जा विस्तारभन्दा निक्षेप संकलन बढेपछि बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ५० प्रतिशत भन्दा तल झरेको राष्ट्र बैंकले जनाएको छ । पुस मसान्तमा यस्तो अनुपात ८९.६४ प्रतिशतमा झरेको छ ।



