काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ । सोमबार बिहान गरिएको परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्री आलेलाई कोरोना पोजेटिभ देखिएपछि तय गरिएका सबै कार्यक्रम स्थगित गरिएको छ । पछिल्लो समय मन्त्री आलेले नारायणहिटी दरबारदेखि पशुपति क्षेत्र लगायतका स्थानमा अनुगमन गर्दै आएका थिए ।