काठमाडौं । कर्मचारीमा कोभिड देखिएपछि नबिल बैंकले उपत्यकाका ५ शाखा बन्द गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र न्यूरोड, पुल्चोक, भैंसेपाटी, अनामनगर र उपत्यका बाहिरको हेटौंडा शाखा बन्द गरेको हो ।
अन्य शाखाहरु भने यथावत रुपमा सञ्चालनमा छन् । यद्यपि कोभिड प्रभावित क्षेत्रका शाखाहरु बन्द हुनसक्ने बैंकले जनाएको छ ।