images
images

आज सुनको मुल्यमा सामान्य वृद्धि, कति छ बजार भाउ ?


  • 290
    SHARES
  • २०७८ माघ ३ गते सोमबार

    आज सुनको मुल्यमा सामान्य वृद्धि, कति छ बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज १ सयले  सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । 

    अघिल्लो दिन प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले बढेर र प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार  रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।


    images
    images

    Logo