काठमाडौं । नेको इन्स्योरेन्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनिले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृत भइ यस कम्पनीको आगामि साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ ।