काठमाडाैँ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता र स्थानीय वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले बीएनएचसी कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।
नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको छ । उक्त ओपनिङ रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।
सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको करिब साढे ३ महिना पछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।



