images
images

धनन्जय रेग्मी सुन तस्करीमा समेत संलग्न रहेको भेटियो


  • 632
    SHARES
  • २०७८ माघ २ गते आइतबार

    धनन्जय रेग्मी सुन तस्करीमा समेत संलग्न रहेको भेटियो

    काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी सुन तस्करीमा समेत मुछिएका छन् । ४ वर्षअघि कतारबाट नेपाल आउँदा उनले अवैध रुपमा बिस्कुट आकारको सुन लिएर आएको भेटिएको हो । 

    सो समयमा भन्सार अधिकारीले उनले अवैध रुपमा ल्याएको सुन भेटेपछि उनीमाथि मुद्दा चलेको थियो । २०७७ भदौमा उक्त मुद्दाउपर फैसला हुँदा रेग्मीको सुन जफत गरी १ लाख ४४ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको पाइएको हो । 

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रेग्मीका सम्बन्धमा भन्सारको मुद्दाको सम्बन्धमा पुस २९ गते भन्सार विभागलाई सोधेको थियो । उक्त पत्रको जवाफ दिँदै भन्सारले उनी सुन तस्करीमा दोषी पाइएको जनाएको हो । 


    images
    images

    Logo