images
images

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा दिने प्रस्ताव


  • 69
    SHARES
  • २०८३ भाद्र ३१ गते बुधबार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा दिने प्रस्ताव

    काठमाडौँ, ३१ भदौः सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। विधेयक अब मन्त्रिपरिषद्मा पेस गरिने र त्यसपछि संसद्मा लैजाने तयारी छ।

    मन्त्री गौतमले बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका बेला नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको बताइन् । 

    प्रस्तावित विधेयकमा आमाले कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ। यस्तै, बुबाले पनि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउने प्रस्ताव गरिएको छ।

    बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गर्दै मन्त्री गौतमले अभिभावकत्वलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने बताइन् । 

    हाल कार्यान्वयनमा रहेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गरेको छ।




    images
    images

    Logo