images
images

भारतबाट बढेर आयो पेट्रोलियमको मूल्य, नेपालमा भने यथावत


  • 111
    SHARES
  • २०८३ भाद्र ३१ गते बुधबार

    भारतबाट बढेर आयो पेट्रोलियमको मूल्य, नेपालमा भने यथावत

    काठमाडौं । इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

    भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको निर्णयअनुसार हाल कायम रहेको मूल्यलाई निरन्तरता दिइएको हो ।

    निगमका अनुसार आईओसीबाट प्राप्त पछिल्लो खरिद मूल्यमा पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको निगमले जनाएको छ ।

    तर, निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्यमा कुनै परिवर्तन गरेको छैन । जसअनुसार पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम छ ।

    पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन् ।

    यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम राखिएको निगमले जनाएको छ ।

    Notice-123-1789520717.jpg


    images
    images

    Logo