images
images

बैंकका सीईओको तलब : कसैको आधामा झर्यो, कसैको १ करोडसम्म बढ्यो


  • 743
    SHARES
  • २०७८ माघ ३ गते सोमबार

    बैंकका सीईओको तलब : कसैको आधामा झर्यो, कसैको १ करोडसम्म बढ्यो

    काठमाडौं । २५ वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि ४६ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार २७ वाणिज्य बैंकमध्ये सो संख्यामा बै‌ंकहरुले सो बराबर भुक्तानी गरेका हुन् ।अघिल्लो वर्ष ती बैंकहरुले कुल ४८ करोड भुक्तानी गरेका थिए ।

    दुई बैंकहरुका सीईओको तलब भने सार राष्ट्रिय वाणिज्य बैंक र एनआईशी एशिया बैंक बाहेक अन्य बैंकहरुले प्रमुख कार्यकारी अधिकृतका लागि सो बराबरको रकम भुक्तानी गरेको हो ।

    राष्ट्रिय वाणिज्य बैंकले वार्षिक विवरण सार्वजनिक गरेको छैन भने एनआईशी एशिया बैंकले साधारणसभा नै आह्वान नगरेकोले वार्षिक विवरण प्रकाशन गरेको छैन । 

    कसको तलब कति ? 

    २५ वाणिज्य बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार वाणिज्य बैंकका सीईओहरुले अधिकतम ३ करोड ७० लाख रुपैयाँदेखि न्यूनतम ४१ लाख रुपैयाँसम्म तलब पाउने गरेका छन् । 

    सबैभन्दा बढी तलब एभरेष्ट बैंकको सीईओले पाउने गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा एभरेष्टले सीईओलाई विभिन्न शीर्षकमा गरी ३ करोड ७० लाख रुपैयाँ दिएको छ । 

    त्यस्तै, प्रभु बैंकले ३ करोड ४२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ करोड ६ लाख, हिमालयन बैंकले २ करोड ७९ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ करोड ७६ लाख, बैंक अफ काठमाण्डूले २ करोड ५६ लाख, नबिल बैंकले २ करोड ४५ लाख, सिद्धार्थ बैंकले २ करोड ११ लाख र प्राइम कमर्शियल बैंकले २ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    अन्य बैंकका सीईओको तलब भने २ करोड रुपैयाँ भन्दा कम छ । सानिमा बैंकका सीईओको तलब १ करोड ८४ लाख, नेपाल एसबीआई बैंक र एनएमबि बैंकको १ करोड ७४ लाख, सेञ्चुरी कमर्शियल बैंकको १ करोड ५४ लाख र एनसीसी बैंकको १ करोड ५२ लाख रुपैयाँ बराबरको तलब तथा सुविधा रहेको छ । 

    त्यसबाहेक नेपाल बंगलादेश बैंकका सीईओले वार्षिक १ करोड ४१ लाख रुपैयाँ तलब बुझ्ने गरेका छन् । योबाहेक अतिरिक्त भत्ता भने उनले आईएफआईसी बैंकबाट बुझ्ने गरेका छन् । 

    त्यस्तै, ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा सीईओलाई १ करोड ३९ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको जनाएको छ । सनराइज बैंकले १ करोड ३५ लाख, माछापुच्छ्रेले १ करोड २८ लाख, लक्ष्मी बैंकले १ करोड १५ लाख, सिभिल बैंकले १ करोड १४ लाख रुपैयाँ भुक्तानी गर्दा मेगा बैंकले सीईओलाई यो वर्ष निजी क्षेत्रका बैंकमध्येकै सबैभन्दा कम १ करोड १० लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ । 

    सरकारी लगानीका वाणिज्य बैंकका सीईओको तलब भने निजी क्षेत्रका बैंकहरुको भन्दा निकै कम छ । नेपाल बैंकले यो वर्ष सीईओलाई तलब र अन्य सुविधा समेत गरी ५४ लाख ४३ हजार रुपैयाँ भुक्तानी गर्दा कृषि विकास बैंकले सबैभन्दा कम ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ । 

    कसको कति बढ्यो, कति घट्यो ? 

    तलब तथा सुविधामा भएको फरकजस्तै यो वर्ष बैंकहरुको सेवा सुविधा परिवर्तनमा पनि बैंकहरुबीच एकरुपता छैन । कुनै बैंकले सीईओलाई ५७ प्रतिशतसम्म सेवा सुविधा बढाउँदा कुनै बैंक यस्तो सुविधा आधा भन्दा कममा झारेको देखिएको छ ।

    हिमालयन बैंकका सीईओ अशोक शम्शेर राणाको तलब सुविधा यो वर्ष ५७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १ करोड ८० लाख रहेको उनको तल यो वर्ष २ करोड ८० लाख नजिक पुगेको हो । 

    त्यस्तै, नबिल बैंकले पनि प्रमुख कार्यकारी अधिकृत अनिल शाहमाथिको खर्च ५० प्रतिशतले बढाएको छ । त्यस्तै सिद्धार्थ बैंकले २६ प्रतिशत तथा प्रभु बैंकले सीईओको सुविधा ३२ प्रतिशत बढाएका छन् । 

    उता ग्लोबल आईएमई बैंकका सीईओको तलब भने ५७ प्रतिशतले घटेको देखिएको छ । अघिल्लो वर्ष सीईओका लागि ३ करोड २५ लाख रुपैयाँ खर्चिएको सो बैंकले समीक्षा वर्षमा यस्तो खर्च १ करोड ३९ लाखमा झारेको छ । खर्च घटेको देखिए पनि अघिल्लो वर्ष ग्लोबल आईएमई बैंकले जनता बैंक र तात्कालिन ग्लोबल आईएमई बैंकका सीईओको सुविधा समेत जोड्दा कुल खर्च त्यति पुगेको थियो । अहिले मर्जर प्रक्रिया सकिएर एकीकृत कारोबार सुरु भएका कारणले एकजना मात्रै सीईओलाई रकम भुक्तानी गर्नुपर्ने भएकोले यस्तो खर्थ कम देखिएको हो । 

    उता माछापुच्छ्रे बैंकका सीईओको तलब तथा सुविधा पनि ४२ प्रतिशतले घटेको छ । सो बैंकले अघिल्लो वर्ष सीईओलाई २ करोड २३ लाख रुपैयाँ भुक्तानी दिएकोमा यो वर्ष १ करोड २८ लाख रुपैयाँ मात्रै दिएको छ । माछापुच्छ्रे बैंकमा अघिल्लो वर्ष तात्कालिन सीईओ सुमन शर्माले करार अवधि नसकिँदै बैंक छाडेका थिए । अवधि नसकिँदै सीईओले छोड्दा बैंकको दायित्व बढ्न गएको हो ।

    मेगा बैंक र एभरेष्ट बैंकका सीईओको तलब सुविधा यो वर्ष क्रमशः ३५ प्रतिशत र २४ प्रतिशतले घटेको छ ।  यसमध्ये मेगाको गिरावट सामान्य अवस्थामै भएको हो । एभरेष्ट बैंकमा भने लामो समय प्रमुख कार्यकारी अधिकृत रिक्त रहेका कारण तलब सुविधाको कुल भुक्तानी कम देखिएको हो । हाल सीईओ रहेका सुदेश खालिङ कुलिङ पिरियडका कारण बैंकमा प्रवेश गर्न नसकेपछि बैंकमा सीईओ पद रिक्त लामो समय थियो ।

    Salary and other remuneration of Commercial Banks' CEOs

    S. N.

    Bank Name

    FY 2077/78

    FY 2076/77

    1

    Everest Bank

    370.71

    488

    2

    Prabhu Bank

    342.3

    257.92

    3

    Nepal Investment Bank

    306.34

    363.04

    4

    Himalayan Bank

    279.77

    179.77

    5

    Standard Chartered Bank

    276.22

    287

    6

    Bank of Kathmandu

    256.27

    281.03

    7

    Nabil Bank

    245.02

    162.34

    8

    Kumari Bank

    238.31

    238.32

    9

    Siddhartha Bank

    211.19

    155.17

    10

    Prime Commercial Bank

    206

    185.19

    11

    Sanima Bank

    184.15

    146.15

    12

    Nepal SBI Bank

    174.91

    174.59

    13

    NMB Bank

    174.9

    200.10

    14

    Century Commercial Bank

    157.18

    154.56

    15

    NCC Bank

    152.37

    135.88

    16

    Nepal Bangladesh Bank

    141

    141

    17

    Global IME Bank

    139.78

    325.28

    18

    Sunrise Bank

    135.05

    135

    19

    Citizens Bank

    131.31

    131.9

    20

    Machhapuchre Bank

    128.61

    223

    21

    Laxmi Bank

    115.15

    109.8

    22

    Civil Bank

    114.91

    145.6

    23

    Mega Bank

    110.5

    170

    24

    Nepal Bank

    54.43

    46.96

    25

    Agriculture Development Bank

    41

    36.40

    Source : Annual Report of relevant Bank


    images
    images

    Logo