काठमाडौँ । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित धर्मशालाको निरीक्षण गरेका छन् ।
आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् । पशुपतिको धर्मशाला प्राइम लोकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्रो कमाइ गरेको देखिएको छ ।
बतास समूहले सेटिङका आधारमा सो धर्मशाला प्रयोग गरेको समाचार बाहिर आएको छ ।