काठमाडौं । राष्ट्रिय सभाको बैठक आज पनि स्थगित भएको छ । आज १ बजेका लागि निर्धारित बैठक संसद सचिवालयले सुचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएको हो । अब अर्को बैठक कहिले बस्छ भन्ने समेत उल्लेख गरिएको छैन
यसअघि पुस २९ गतेका लागि डाकिएको बैठक पनि सूचना टासेरै स्थगित गरिएको थियो । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा विरुद्ध एमाले उत्रिएपछि अहिले दुवै सदनका कारबाहीहरु अवरुद्घ हुँदै आएका छन् ।