काठमाडौं । सुनचाँदी बजारमा आज ३ सयले सुनको मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो ।
अघिल्लो दिन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ