काठमाडौं । सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर डोज खोप दिन सुरु गरिँदैछ । स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूलाई सरकारले बुस्टर डोज खोप दिन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आज देखि अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर डोज आग्रह गरेको थियो ।
यसअघि सुरु गर्ने घोषणा गरेर पनि रोकिएको ६० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र दीर्घरोगीको लागि भने माघ १४ गतेदेखि बुस्टर डोज खोप अभियान सञ्चालन हुनेछ । सरकारले खोप कार्ड लगेर नजिकैको खोप केन्द्रमा गइ बुस्टर डोज लगाउन सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ ।



