images
images

उद्योग बिक्रीको प्रक्रियाका कारण यो वर्ष पनि चलेन अन्नपूर्ण चिनी मिल


  • 487
    SHARES
  • २०७८ माघ २ गते आइतबार

    उद्योग बिक्रीको प्रक्रियाका कारण यो वर्ष पनि चलेन अन्नपूर्ण चिनी मिल

    सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी  मिल यो  वर्ष  पनि  सञ्चालन  नहुने  भएको  छ । यस  जिल्लाको  इन्दुशंकर  चिनी  उद्योग,  हरिवन  र महालक्ष्मी चिनी उद्योग, बगदहले उखु क्रसिङ गरिरहँदा अन्नपूर्ण  चिनी  उद्योग  भने  सञ्चालनको  कुनै  तयारी छैन । उद्योग परिसर सुनसान छ । 

    नेपाल  उखु  उत्पादक  महासंघका  अध्यक्ष कपिलमुनि मैनालीले किसानलाई लिएर उद्योगमा पुग्दा यो वर्ष पनि उद्योग सञ्चालनको कुनै तयारी नभएको पाइएको बताए । 

    किसानको  भुक्तानी  दिन  नसक्दा  गत  वर्ष  पनि यो  उद्योग  सञ्चालन  भएन ।  यो  उद्योगले  अझै  ६५ लाख  रुपैयाँभन्दा  बढी  रकम  किसानलाई  भुक्तानी गर्न बाँकी रहेको त्यहाँ कार्यरत कर्मचारीले बताएको महासंघका  अध्यक्ष  मैनालीले  जानकारी  दिए । 

    उद्योगका मालिक राकेश अग्रवालले उद्योग नै बिक्री गरिसकेका  र  नामसारीमा  समय  लागिरहेकाले  उद्योग सञ्चालन हुन नसकेको बताइएको छ ।


    images
    images

    Logo