काठमाडौं । भ्वाइस किड्स सिजन–१ को उपाधि जेनिस उप्रेतीले जितेका छन् । शनिबार भएको फाइनलमा उनले दर्शकको भोटका आधारमा उपाधि उचालेका हुन् । उनी प्रमोद खरेलको टीमबाट प्रतिनिधित्व गर्छन् ।
भ्वाइस किड्सका लागि कोचहरु प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारीको टीमबाट २/२ जना गरी ८ जना फाइनल प्रतिस्पर्धामा थिए ।
सुरुमा ४ वटा टीमबाट १२/१२ जना प्रतिस्पर्धी छानिएका थिए । तीमध्ये प्रत्येक टीमबाट ३/३ जना प्रतिस्पर्धा गरेर चारवटै टीमबाट १६ जना छानिएका थिए । त्यसैगरी नछानिएका प्रत्येक कोचले २/२ जना ‘स्टील डिल’ गर्दा कुल ८ जना यो प्रतिस्पर्धामा पुन: प्रवेश गर्दा प्रत्येक टीमबाट ६/६ जना गरी कुल २४ जना प्रतिस्पर्धी भोटिङको चरणामा पुगेका थिए ।
यसरी फाइनलमा पुगेका प्रतिस्पर्धीमध्ये राजु लामाको टीमबाट सुप्रिम मल्ल ठकुरी र पासाङ डिकी शेर्पा, प्रमोद खरेलको टीमबाट जेनिस उप्रेती र रुक्साना लिम्बु, मिलन नेवारको टीमबाट मिन्चमा राई र नुमा राई र प्रविशा अधिकारीको टीमबाट सुसमी गुरुङ र अनुजा कडरिया थिए । यीमध्ये दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो ।



