काठमाडौं । काेराेना बीमाकाे रकम भुक्तानीबारे प्रमुख प्रतिपक्षी एमालेले प्रश्न उठाएकाे छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै एमालेले काेराेना बीमाकाे रकम बीमितलाई उपलब्ध नभएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराएकाे हाे ।
पार्टीकाे स्वास्थ्य विभागले तयार गरेकाे साे ध्यानाकर्षण पत्र उपाध्यक्ष सुवास नेम्वाङ, सचिव याेगेश भट्टराईसहितकाे टाेलीले प्रधानमन्त्री देउवालाई बुझाएकाे थियाे।
ध्यानाकर्षण पत्रमा प्रधानमन्त्रीज्यूकाे प्रतिबद्धताअनुसार खोप लगाउन नसकिएको, खोप पर्याप्त हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएकाे, बुस्टर खोप उपलब्ध नसकेकाे, टेस्टिङ्ग र ट्रेसिङ पर्याप्त नभएकाे लगायत विषय समेत समेटिएका छन् ।