काठमाडौं । हिमालयन बैंक अर्काे बैंकसँग मर्जरमा नगए लाभांश बाँड्न नपाउने भएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँगकाे मर्जर प्रस्ताव साधारणसभाबाट अस्वीकृत भएसँगै हिमालयन बैंकलाई यस्ताे बन्देज लाग्ने भएकाे हाे ।
राष्ट्र बैंकले मर्जरमा जाने सहमति गरेर पछि भाँड्ने प्रवृत्ति अन्त्य गर्न राष्ट्र बैंकले अर्को पार्टनर नखाेजी लाभांश बाँड्न राेक लगाउँदै आएकाे छ ।
यद्यपि याे वर्षकाे लाभांश भने नेपाल राष्ट्र बैंककाे स्वीकृति प्राप्त गरेकाे र साधारणसभाबाट समेत पारित गरिसकेकाेले छ । याे लाभांशमध्ये २० प्रतिशत बाेनस शेयर वितरण हुनेछ । नगद लाभांश भने मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्रै वितरण गर्नु भनेकाेले याे तत्काल राेकिनेछ । कर प्रयाेजनकाे लागि १.३ प्रतिशत नगद लाभांश वितरण भने राेकिने छैन ।
याे वर्ष हिमालयनले २० प्रतिशत बाेनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।