images
images

सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा


  • 404
    SHARES
  • २०७८ पौष ३० गते शुक्रबार

    सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको हो ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप १ दिन विदा दिइएको जानकारी दिए । उनका अनुसार माघ १ गते संघीय सरकारले नै विदा दिने गरेकाले प्रदेश सरकारले थप एक दिन विदा दिँदै आएको छ ।

    सुदूरपश्चिममा पहाडी समुदायले माघ १ गतेलाई मकर संक्रान्ति पर्व मनाइन्छ भने  तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् ।


    images
    images

    Logo