काठमाडौं । वोमी लघुवित्त सुर्योदय लघुवित्त संस्थाबिच एक आपसमा गाभ्ने गाभिने अन्तिम सम्झौता भएको छ । बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यी दुई कम्पनीले एक आपसमा गाभिनको लागि बिहिबार अन्तिम सम्झौतामा हस्ताक्षर भएको नेप्सेले जानकारी दिएको छ । हाल वोमी लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी ४१ करोड १९ लाख रुपैयाा र सूर्योदय लघुवित्त वित्तीय संस्थाको २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।
यी दुई कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीको चुक्ता पूँजी ६५ करोड ९९ लाख रुपैयाँ पुग्नेछ । यी दुबै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २०र२० प्रतिशत बोनस शेयर वितरण गरेका हुन ।