images
images

बतास अर्गनाईजेशनले गर्योे विभिन्न सञ्चारमाध्यम तथा शुभेच्छुक प्रति धन्यबाद ज्ञापन


  • 407
    SHARES
  • २०७८ पौष ३० गते शुक्रबार

    बतास अर्गनाईजेशनले गर्योे विभिन्न सञ्चारमाध्यम तथा शुभेच्छुक प्रति धन्यबाद ज्ञापन

    काठमाडौं । बतास अर्गनाईजेशनले विभिन्न सञ्चारमाध्यम तथा शुभेच्छकुहरु प्रति धन्यबाद प्रकट गरेको छ । बतासको ७ बुँदे प्रष्टीकरणको सार्वजनिक करणमा नेपालका सबै प्रकारका सञ्चार माध्यमहरूले गरेको सहयोग प्रति सो समुहले धन्यवाद पत्र तयार गरेको हो । 

    बतास समुहलाई बदनाम गर्ने उद्देश्यले उठाइएका सबै प्रश्नहरूबारे प्रतिक्रिया सार्वजनिक गरेपछि सबैलाई क्षणभरको लागि भ्रममा राख्न सकिन्छ तर सबैलाई सँधैको लागि ढाँट्न सकिँदैन भन्ने तथ्य फेरी एक पटक स्थापित भएको उल्लेख गरेको छ । यो सत्यको पुनर्स्थापनामा आम सञ्चार माध्यमले पुर्याएको योगदान हाम्रा लागी अपार छ । तपाई वास्तविक सञ्चारकर्मीहरूको यो सहयोगप्रति बतास अर्गनाईजेशन सदैव ऋणी रहने जनाएको छ ।  

    बतास समुहलार्ई प्रतिनिधि बनाएर नेपालको समग्र निजी क्षेत्रलाई हतोत्साहित पार्ने नेपालको आर्थिक विकास र प्रगति बिरोधीहरुको योजनाप्रति सजग रहन उक्त अर्गनाईजेशनले भनेको छ ।  त्यसको प्रतिकार गर्ने र यो अर्गनाईजेशनको मानमर्दनलाई समग्र निजी क्षेत्र माथिको आक्रमणको रूपमा लिएर आफ्नो स्पष्ट असन्तुष्टि व्यक्त गर्ने नेपाल उद्योग वाणिज्य सङ्घ, पोखरा उद्योग वाणिज्य सङ्घलगायतका नेपालीउद्योगी/व्यवसायीका छाता सङ्गठनहरूको नेतृत्वमा रहनु भएका व्यक्तित्वहरू प्रति बतास कम्पनीले आभार प्रकट गरेको छ । 

    संयम, धैर्यता, इमानदारिता नै सबै प्रकारका समस्याबाट बाहिर निस्कने शक्तिको स्रोत होे हाम्रो विगतको बस्तुगत मूल्याङ्कन गर्दै अब तय गर्नुपर्ने अगाडिको यात्राको दिशाबोध भएको समेत स–गौरव सार्वजनिकगर्न पाउँदा बतास समुहले खुसि व्यक्त गरेका छन् । 


    images
    images

    Logo