काठमाडौं । आजदेखि बजारमा २ रुपैयाँको सिक्का चलनचल्तिमा आएको छ । शुक्रबार एक सुचना जारी गर्दै नेपाल राष्ट्र बैंकले २ रुपैयाँको सिक्का शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो ।
पहिलेकै जस्तो वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २ रुपैयाँको सिक्का २०७७ साल लेखिएकाे छ । बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला रहेको जनाएको छ । नयाँ सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ।
सिक्काको बीच भागमा सात प्रदेशस खुल्ने गरिको नेपालको नक्सा र नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमताका व्यक्तिहरुका लागि स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको रहेको सूचनामा जनाइएको छ।
सिक्काको पछाडिपट्टि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको छ। आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म र गधाको आकृति छ ।
सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकारी मन्दिर लेखिएको छ ।



