images
images

कृषि विकास बैंकको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न, २१‍.०५२६ प्रतिशत लाभांश पारित


  • 521
    SHARES
  • २०७८ पौष २९ गते बिहीबार

    कृषि विकास बैंकको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न, २१‍.०५२६ प्रतिशत  लाभांश पारित

    काठमाडौं । कृषि विकास बैंकको साधारणसभाले २१‍।०५२६ लाभांश पारित गरेको छ । बिहीबार भक्तपुरको बोडेको केन्द्रीय तालिम प्रतिष्ठान प्रतिष्ठानबाटमा आयोजित १५ औं साधारणसभाले यसअघि सञ्चालक समितिले प्रस्तुत गरेको २० प्रतिशत बोनस शेयर र १‍।०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

    सो साधारणसभाले अध्यक्ष अध्यक्ष रमेश कुमार केसीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७÷७८ को बैंकको वार्षिक प्रतिवेदन र लेखापरीक्षकले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन प्रस्ताव स्वीकृत गरेको छ । साधारणसभामा उठेको जिज्ञासामाथि अध्यक्ष केसी र प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले जवाफ दिएका थिए । 

    भर्चुअल माध्यमबाट भएपनि शेयरधनीको ठूलो उपस्थिति थियो । उक्त साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरु रमेश दुवाडी, प्रकाश कुमार सन्जेल, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरागाईं, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति रहेको थियो । त्यस्तै, विभिन्न निकाय र संघ–संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारी समेत साधारणसभामा सहभागी भएका थिए । 

    सेमी–भर्चुअल माध्यमबाट आयोजित उक्त साधारण सभाको सञ्चालन बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलले गरेका थिए।


    images
    images

    Logo