काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले कोरोना महामारीको समयमा चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको सम्बन्धमा छानबिन समिति गठन गरेका छन् । अन्तर्राष्ट्रिय चार्टर उडानमा ट्राभल एजेन्सीबाट यात्रु ठगिने क्रम नरोकिएपछि पर्यटन मन्त्री आलेले छानबिन समिति गठन गरेका हुन।
अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको भनी आएको गुनासोबारे छानबिन गर्न मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलकाे संयाेजकत्वमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल र नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर सदस्य रहेकाे छानबिन समिति गठन गरिएको हो ।
समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।