काठमाडौं । नबिल बैंक र बंगलादेश बैंकले एक भएर जाने सहमति गरेका छन् । दुई बैंकले गरेका छुट्टाछुट्टै मर्जर कमिटीका संयोजकहरुबीच आज एक्विजिसनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा उनीहरुबीच एक्विजिसनसम्बन्धी प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । समझदारी अनुसार नबिलले बंगलादेश बैंकलाई १००ः४३ स्वाप रेसियोमा एक्वायर गर्नेछ ।
एक्विजिसन भएकोले अहिले नबिल बैंकमा रहेको सञ्चालक समिति नै नयाँ बन्ने बैंकको सञ्चालक समिति बन्नेछ । दुई बैंकबीच ३ महिनाभित्र मर्जर प्रक्रिया सम्पन्न गरेर जाने समझदारी भएको छ ।