काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयका अनुसार अध्यक्षका लागि आवेदन दिने आज अन्तिम दिन आइपुग्दा सो संख्यामा आवेदन परेको हो ।
अघिल्लो पटक गठित समितिले आवेदन खुलाउँदा ११ जनाले आवेदन दिएका थिए । अहिले पहिलोपटक आवेदन दिएका ११ जना नै दोहोरिएका छन् । बाँकी ४ जनाले भने पहिलोपटक आवेदन दिएका छन् ।
दोहोर्याएर आवेदन दिने ११ जना मध्येमा निरज गिरी, नवराज अधिकारी, जीवन अमगाइँ, चिरञ्जीवी चापागाइँ, सीताराम थपलिया, गोपाल भट्ट, रमेश हमाल, अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्याल छन् ।
बाँकी ४ जनामध्येमा खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश घिमिरे र कृष्णराज पौडेल रहेका छन् ।