images
images

मूल्यवृद्धि ७ प्रतिशत नाघ्यो, तराईमा उच्च महँगी, काठमाडौंमा कम


  • 548
    SHARES
  • २०७८ पौष २९ गते बिहीबार

    मूल्यवृद्धि ७ प्रतिशत नाघ्यो, तराईमा उच्च महँगी, काठमाडौंमा कम

    काठमाडौं । नेपालको मूल्यवृद्धि ७ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकको सर्भेक्षणले कात्तिक मसान्तसम्मको उपभोक्ता मुद्रास्फीति दर ७.११ प्रतिशत रहेको देखाएको हो । अघिल्लो वर्ष यस्तो दर २.९३ प्रतिशत मात्रैले बढेको थियो । 

    यो अवधिमा खाद्य तथा पेय पदार्थमा ५.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ८.२५ प्रतिशतले गिरावट आएको छ । खाद्य तथा पेय पदार्थको मुद्रास्फीति तुलनात्मक रुपमा कम रहे पनि यो अवधिमा घ्यु तथा तेलजन्य वस्तुको मूल्यमा २८.५२ प्रतिशतले वृद्धि भएको छ । 

    त्यस्तै, यातायात क्षेत्रमा १६.२५ प्रतिशत, दाल तथा गेडागुडीमा ११.७९ प्रतिशत एवं सुर्तीजन्य पदार्थमा ११.७८ प्रतिशतको वृद्धि देखिएको छ । 

    यो अवधिमा काठमाडौं उपत्यकामा ५.९१ प्रतिशत मूल्यवृद्धि हुँदा तराईका जिल्लामा ७.५१ प्रतिशत, पहाडी जिल्लामा ६.९५ प्रतिशत र हिमाली जिल्लामा ४.९१ प्रतिशतले मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष हिमाली जिल्लामा सबैभन्दा बढी मूल्यवृद्धि भएको थियो । 

    यो वर्षमा उपभोक्ता मुद्रास्फीति भन्दा थोक मुद्रास्फीति बढी देखिएको छ । यस्तो मुद्रास्फीति यो वर्ष ७.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो मुल्यवृद्धि ७.४६ प्रतिशत रहेको थियो ।


    images
    images

    Logo